पाटन अस्पतालमा उपचाररत काेराेना सङ्क्रमित महिलाकाे मृत्यु

  • 77
    Shares
पाटन अस्पतालमा उपचाररत   काेराेना सङ्क्रमित महिलाकाे मृत्यु

काठमाडौँ, १६ साउन।पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएकाे छ ।

अस्पतालका अनुसार कोरोना सङ्क्रमणसँगै ती महिलालाई उच्च रक्तचापकाे समस्या पनि थियो ।गएको ६ गते अस्पताल भर्ना भएकी उहाँको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।