२४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको संख्या १९ हजार ७७१ पुग्यो

२४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको संख्या १९ हजार ७७१ पुग्यो

काठमाडौँ, १६ साउन।पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निकाे भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निकाे भएका छन् ।

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे ।