सुनको मुल्य अहिले सम्मकै उच्च

सुनको मुल्य अहिले सम्मकै उच्च

काठमाडौँ, १६ साउन।सुन तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।