प्रहरी हेडक्वार्टरका थप ४ प्रहरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४४ पुग्यो

प्रहरी हेडक्वार्टरका थप ४ प्रहरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४४ पुग्यो

काठमाडौँ, १५ साउन।प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) का थप चार जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

थप चार जना प्रहरीलाई कोरोना देखिएसँगै सङ्क्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिनुभयो ।

सङ्क्रमित प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । उहाँका अनुसार अहिलेसम्म देशभर अहिलेसम्म दुई सय २१ जना प्रहरीलाई कोरोना सङ्क्रमण भएको छ ।