सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै, तोलाको ९९ हजार पुग्यो

सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै, तोलाको ९९ हजार पुग्यो

काठमाडौँ, १५ साउन।विहिबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ ।योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार पुगेको छ ।यस अघि बुधबार सुन प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ५६० पुगेको छ ।त्यसैगरी विहिबार चाँदीको मुल्य भने स्थिर रहेको छ ।