फोरमसँगको वार्ता निष्कर्षविहिन: मन्त्रालय भागवण्डामा कुरा मिलेन

फोरमसँगको वार्ता निष्कर्षविहिन:  मन्त्रालय भागवण्डामा कुरा मिलेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले–माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि सहमति हुन नसकेको स्रोतले बतायो ।

फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’ वार्तामा सहभागी एक नेताले भने । मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ । संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।