बाघ दिवस

बाघ दिवस

काठमाडौं, साउन १४ गते ।विश्व बाघ , बुधबार नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाइएको हो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बाघको सुरक्षित वासस्थानलाई बिशेष ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । मन्त्री बस्नेतले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता नेपालले गरेपनि बाघको संख्या सोचेजस्तो लक्ष्य हासिल नहुने हो कि भन्ने आशंका गर्नुभयो । उहाले बाघको उचित व्यवस्थापनमा ध्यान दिन नसके लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो
सन् २०१० ।

कार्यक्रममा बिभागका निमित्त महानिर्देशक डा रामचन्द्र कडेलले पाटेबाघको संरक्षणको काम प्रभावकारी भइरहेको जानकारी दिनुभयो । बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता पुरा हुने दिशामा नेपाल अघि बढेको उहाले बताउनुभयो । ।

नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । वन मन्त्रालयले गत वर्ष राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमिमा बाघको उपस्थिति रहेको देखिएको बिभागले जनाएको छ । विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ ।