

काठमाडौं, साउन १४ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको छ ।
हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।मन्त्रालयले हालसम्म नेपालमा कोरोनाभाइरसबाट १९ हजार २७३ जना सङ्क्रमित भएको जनाएको छ ।