सिंहदरबारभित्रका कर्मचारीकाे कोरोना परिक्षण सुरु

  • 40
    Shares
सिंहदरबारभित्रका कर्मचारीकाे कोरोना परिक्षण सुरु

काठमाडौँ, १४ साउन।देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाभित्र बुधबारबाट कोरोना परिक्षण सुरु गरिएको छ ।

सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । कोरोना संक्रमण समुदायमा फैलिएको वा नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गरिउको हो । विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिइएको हो ।

कोरोना परिक्षणको समन्वय नेपाली सेनाले गरेको छ । सिंहदरबारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली ठाउँमा स्वाब संकलन गरिएको थियो ।