सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको ९८ हजार ५ सय पुग्यो

सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको ९८ हजार ५ सय पुग्यो

काठमाडौँ, १४ साउन।सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ ।आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९८हजार दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।