अझै तीन दिन भारी वर्षाको सम्भावना

अझै तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ साउन।देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार समेत देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।