काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

  • 31
    Shares
काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ साउन।पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै बझाङको बुंगल ३ का ६५ वर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यस्तै कोरोना परीक्षणको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाबाट स्वाब संकलन गर्न थालेको मन्त्रालयले जनाएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ र साँगाबाट स्वाब संकलन गर्न थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।