

काठमाडौँ, १२ साउन।नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा काेराेना सङ्क्रमितकाे कुल सङ्ख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ६ सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ ।