सुनसरीको तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट

  • 11
    Shares
सुनसरीको तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट

इनरुवा, १२ साउन ।सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस