सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको ९६ हजार ३ सय पुग्यो

सुनको मुल्यले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको ९६ हजार ३ सय पुग्यो

काठमाडौँ, ११ साउन।सुनको मुल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । तोलामा ५ सय रुपैयाँ बढेर सुनको मुल्य आज तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस अघि शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो ।त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ८६० पुगेको छ आइतबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । यही क्रममा आज अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मुल्य महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् ।