

काठमाडौँ, ११ साउन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ ।
पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।