काठमाडौं,९ साउन ।नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ३७४ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त भएकाको संख्या १२ हजार ९४७ पुगेको छ ।
प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नाै सय एक, वाग्मतीमा चार सय ३९, गण्डकीमा तीन सय ३१, प्रदेश पाँचमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो चौबीस घण्टामा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।