काठमाडौँ,९साउन।आज सुनको मुल्य अहिलेसम्मकै उच्च तोकिएको छ ।आज सुनको मूल्य प्रतितोला रु १३०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३६५ निर्धारण गरेको छ ।हिजो बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको थियो ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६५ तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु ५ ले वृद्धि भएर एक हजार १५० पुगेको छ ।