काठमाडौँ,८ साउन ।नेपालमा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ ।
बिहीबार काठमाण्डाैमा पाँच, भक्तपुर र ललितपुरका दुई/दुई जनामा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।अहिलेसम्म १२ हजार आठ सय ४० जना काेराेनामुक्त भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा एक सय ५६ जना निकाे भएका हुन् ।
बिहीबार काेराेना सङ्क्रमणकाे कारण एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ ।