राखेप सदस्य सचिवमा ३ जनाकाे नाम सिफारिस

राखेप सदस्य सचिवमा ३ जनाकाे नाम सिफारिस

काठमाडौं,८ साउन ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको सिफारिस समितिले सिलवालसहित महिला भलिबल राष्ट्रिय टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष एवं नेकपा नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको हो ।

यसअघि राजनीतिक नियुक्ति हुँदै आएको राखेप सदस्य सचिव पदमा पहिलो पटक मूल्याङ्कन, सिफारिसलगायतका प्रक्रिया पूरा गरी नियुक्ती हुन लागेको हो ।