

काठमाडौँ,८ साउन ।मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
आज प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । महाशाखाकाअनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको र अरु प्रदेशको मौसम सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।