

काठमाडौँ,७ साउन ।बुधबार थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ ।
सङ्क्रमण भएकामध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन् ।अाज (बुधबार) कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।