काठमाडौँ,७ साउन ।देशभरका नदीहरुको जलस्तर बुधबारबाट घट्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभरको मौसमी अवस्थाका बारेमा जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बिभागका महानिर्देशक सरजु कुमार वैद्यले बुधबारबाट क्रमश बर्षा कम हुँदै जाने भएकाले नदीहरुको जलस्तर घट्दै गएको बताए । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा हुने र सतर्कता तलै हुने उहाले जानकारी दिए ।
त्यस्तै कोशी, नारायणी र यसका सहायक नदीमा बहाव घट्दो हुने तर सतर्कता भन्दा केही मात्र तल हुने अनुमान बिभागले गरेको छ । कन्काई, कमला, बागमतीमा बहाव सामान्य घटबढ हुने, पश्चिम राप्ती, बबई, लगायतमा घट्दो हुने तथा सबैमा बहाव सतर्कता तलै हुने पूर्वानुमान गरिएको छ ।
उनले नेपालको आकाशमा बादलहरु घट्दो अवस्थामा रहेको जानकारी दिए । मनसुनी न्युनचापिए रेखा नेपालको पश्चिमी भूभागबाट दक्षिणी भेगमा सरेको उनले बताए ।
उनले मनसुन कायमै रहेकाले बर्षा हुने तयार यसअघिको जस्तो नहुने जानकारी पनि दिए । मनसुन सुरु भएयता मुलुकभर बाढि र पहिरोका कारण १२४ जनाको मृत्यु भइसकेको छ भने ५२ जना बेपत्ता भएका छन् । त्यस्तै ९८ जना घाइते भएका छन् ।