काेराेनाको कारण यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने

  • 2
    Shares
काेराेनाको कारण यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने

काठमाडौं,७ साउन ।कोरोना भाइरस (काेभिड–१९) काे महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ ।

यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन ।नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ ।

यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।