२४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

२४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ, ५ साउन।पछिल्लाे २४ घण्टामा १८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाै सय ३६ मात्रै रहेको छ ।२४ घण्टामा एक सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् ।

अहिले प्रदेश एकमा ९१ जना, प्रदेश दुईमा एक हजार नौ सय ३३ जना, वाग्मतीमा तीन सय ९९ जना, गण्डकीमा तीन सय ८४ जना, प्रदेश ५ मा चार सय १० जना, कर्णालीमा दुई सय १० जना र सुदूरपश्चिममा दुई हजार चार सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।