२४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ साउन ।नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा आठ सय ३०, प्रदेश नम्बर २ मा चार हजार पाँच सय ५१, वाग्मती प्रदेशमा आठ सय ५६ र गण्डकी प्रदेशमा एक हजार तीन सय ८१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा चार हजार एक सय ७२, कर्णाली प्रदेशमा एक हजार आठ सय १४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५४ जनामा सङ्क्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेशनमा पाँच हजार नाै सय २३ जना सङ्क्रमित उपचाररत छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिले देशभरिका क्वरेण्टीनमा २२ हजार ६ सय ६१ जना रहेका छन् ।