

-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक, २ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले जम्बु घटनामा सम्पुर्ण परिवार गुमाएकी छिरिङ गोले लाई १ लाख ५ हजार , यसै घटनामा मृत्यु भै लास भेटेको परिवार २ जना लाई ५० हजार र जम्बु तथा खाक्दलमा घर पुर्ण क्षेती भएको परिवारलाई १० १० हजार बितरण गर्नुभयो ।

जम्बु घटनाका पहिरो पिडितलाई आज नेपाली काँग्रेसका नेता बस्नेतले आर्थिक सहयोग गर्नुभएको हो । नेता बस्नेतले यसअघि पनि बाढीपहिरो पीडितलाई विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

बस्नेतले विपत्तिको घडीमा सरकारले जनतालाई साथ नदिएको आरोप लगाउनु भयो ।सिन्धुपाल्चोकको जम्बु बाढी पहिरो पीडितलाई राहत वितरण कार्यक्रममा बोल्दै बस्नेतले जम्बु बाढी पहिरोमा सरकारले प्रभावकारी ढंगबाट खोजी तथा उद्दार नगरेका कारण अझै बेपत्ता व्यक्तिको लास निकाल्न नसकिएको बताउनुभयो । पहिरो पीडितलाई विपत्तिमा साथ दिनु पर्नेमा सरकारका व्यक्तिहरु रमिते बनेर फर्किएको बस्नेतले बताउनुभयो । बस्नेतले बाढी पहिरो पीडितलाई १० लाख ७० हजार नगद राहत हस्तान्तरण गर्नुभएको थियो ।

लो–घोकार परिवारले उपलब्ध गराएको राहत पूर्वमन्त्री बस्नेतले पीडितलाई हस्तान्तरण गर्नुभयो । यसै गरी बस्नेतले जम्बु बाढी पहिरोमा सम्पूर्ण परिवार गुमाएकी छिरिङ गोलेको उच्च शिक्षादेखि जागिरसम्मको व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणमा अविश्रान्त योगदान गर्नुभएका बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिनुभएको छ । यसैगरी बस्नेतले सिन्धुपाल्चोक कांग्रेसका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताको कोरोना बिमा गरिदिनुभएको छ ।

बाह्रविसेदेखि खोर्सानिबारिसम्म बाटो क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, युधिर पौडेलको व्यतिगत खर्चमा सफा गर्ने काम भैइरहेको नेविसघं नेता हेमन्त श्रेष्ठले राष्ट्रवाणीलाई बताउनुभएको छ ।


विरामीहरुको काठमाडौंको हेम्स अस्पतालमा उपचार भैइरहेको छ । हस्पिटलको जिम्मा रामकुमार थापा,र रुपकाजी लामाको निगरानीमा रहेको तरुण नेता पासाङ नेर्बु लामाले बताउनुभयो ।