पाशुपत क्षेत्रको कृपालु उद्यानमा रुद्राक्षरोपण

पाशुपत क्षेत्रको कृपालु उद्यानमा रुद्राक्षरोपण

मुकुन्द अर्याल

काठमाडौं, २ साउन । भगवान शंकरको लीलास्थली पाशुपत क्षेत्रलाई हराभरा बनाउन श्री राधा माधव समिति नेपाल र यस सम्वध्द विद्वत समाज नेपाल तथा डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा पाशुपत क्षेत्रको वनकालीमा निर्मित कृपालु उद्यानको रुद्राक्षारण्यमा विशिष्ट महानुभावहरुद्वारा वृक्षरोपण कार्य निरन्तर रुपमा हुंदै आएको छ ।

यसै क्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीश पुरुषोत्तम भण्डारीले उक्त उद्यानको अवलोकन गर्दै सो रुद्राक्षबनमा वृक्षरोपण गर्नुभयो । जगदगुरुश्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासजीको प्रेरणाबाट गुरुदेवको स्मृतिमा निर्मित कृपालु उद्यान पशुपतिको तीर्थाटनमा आउने हजारौ पर्यटकको आकर्षण केन्द्रको रुपमा विकास गर्ने उध्देश्यले कार्य भईरहेको छ । यसैबीच एक अर्को कार्यक्रममा श्री राधामाधव समिति नेपाल अन्तर्गत धरान सत्संग केन्द्र तथा डिभाईन युथ कलव नेपाल धरानद्वारा इलाका प्रहरी कार्यालय सुनसरीलाई ह्याण्ड स्यानीटाईजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरियो ।