राखी गौचनका दुईवटा आधुनिक गीति एल्बम बजारमा

राखी गौचनका दुईवटा आधुनिक गीति एल्बम बजारमा

विगत केहि समयदेखि अमेरिकालाई आफ्नो कर्मथलो बनाई रहनु भएकी कवि तथा गीतकार राखी गौचनका दुईवटा आधुनिक गीति एल्बम “परिभाषा” र “जानी नजानी” एकैसाथ विमोचन भएका छन् ।

 

काठमाडाै जमलस्थित राष्ट्रिय नाँचघरमा वरिष्ठ सङ्गीतकार दिपक जङ्गम र वरिष्ठ रचनाकार अनि कविको बिशिष्ठ आतिथ्यमा गत शनिवार बिमोचन भएका हुन । साँस्कृतिक सङ्घका महाप्रबन्धक राजेस थापा ,गीतकार सङ्घका अध्यक्ष चुडामणी देबकोटा , बरिष्ठ सङगीतकार नारायण वली , लगायतको विशेष आथित्य र गरिमामय उपस्थितिमा भएको बिमोचन समारोहलाई कान्तिपुर टेलिभिजनका स्टेसन मेनेजर दिनेश डिसिले सन्चालन गर्नु भएको थियो भने रेडियो हिमालयले कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको गरेको थियो ।

“परिभाषा” गायक सुरजकुमार थापाको एकल गायन रहेको गीति यलबम हो भने “जानी नजानी”मा युवा पुस्ताकी चर्चित गायिका बानीका प्रधानले अावाज दिनु भएको छ । नेपालका ख्याति प्राप्त बरिष्ठ सङ्गीतकारहरुले सङ्गीत दिनु भएका यी गीति एलब्महरु काे सुन्दर कभर डिजाईनिङ् चर्चित डिजाईनर अनिल स्थापितले गर्नु भएको हो। प्रबाशमा रहेर पनि नेपाली साहित्य , नेपाली गीत सङ्गीतको सेवामा अनबरत सेवारत स्रस्टा गीतकार तथा कवि राखी गोैचन जी लाई हार्दिक बधाई एबम् शुभकामना , उहाँ द्वारा रचनाबद्ध गीतहरु सङ्ग्रहित गीति एल्बमहरुले नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा बेग्लै प्रभाब जमाउन सफल होउन ।