थप ११६ जनामा कोरोना सङ्क्रमण,सङ्क्रमितको कुल सङ्ख्या १७ हजार १७७ पुग्याे

थप ११६ जनामा कोरोना सङ्क्रमण,सङ्क्रमितको कुल सङ्ख्या १७ हजार १७७ पुग्याे

काठमाडौँ, ३१ असार ।नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ११ हजार २५ पुगेको छ ।