उद्धारमा खटिन काँग्रेस वरिष्ठ नेता पौडेलको आग्रह

उद्धारमा खटिन काँग्रेस वरिष्ठ नेता पौडेलको आग्रह

दमौली, २९ असार।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गर्नुभएको हो । बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गर्नुभएको छ ।