महांकालमा ‘लुकेको गाउँ युवा क्लब’ गठन

महांकालमा ‘लुकेको गाउँ युवा क्लब’ गठन

ललितपुर, २८ असार । ललितपुर जिल्लाको महांकाल गाउँपालिकामा ‘लुकेको गाउँ युवा क्लब’ गठन भएको छ ।

युवाहरू गाउँ छोडेर शहर पस्ने र बिदेशीने समस्या न्यूनीकरण गर्न साथै गाउँमा युवा शक्ति निर्माण गरि खेलकुद, कला– संस्कृति, शिक्षा, समाजिक विकास र गाउँको विकासमा भुमिका खेल्ने उद्धेश्यका साथ क्लब गठन गरिएको क्लबका संयोजक, लुकेको गाउँका संस्थापक एवं रङ्गकर्मी गोपाल अर्यालले राष्ट्रवाणी डट कमलाई बताए ।

ललितपुर जिल्लाको कर्णाली भनिने महांकाल गाउँपालिका अहिले पनि विकास बाट टाढै रहेको अवस्थामा क्लबको स्थापना हुनुले आगामी दिनमा युवाहरू माझ आशाको सञ्चार सिर्जना गरेको छ ।

नवगठित युवा क्लबको ११ सदस्यीय कार्यसमितिमा अध्यक्षमा दुरदर्शन बञ्जारा चुनिएका छन् भने उपाध्यक्षमा प्रिया लो, सचीवमा मेलिना घिमिरे, सहसचिवमा सृजना घिमिरे, कोषाध्यक्षमा नबिन घिमिरे र सदस्यहरुमा किशोर तिमल्सिना, आइश्मा सिँगार, जुना भोम्जन, मिना भोम्जन र सुबाश स्याङ्तान चुनिएका छन् ।