पछिल्लो २४ घण्टामा ११८ सङ्क्रमित थपिए , कुल सङ्क्रमित १६ हजार ६४९ पुग्यो

  • 12
    Shares
पछिल्लो २४ घण्टामा ११८ सङ्क्रमित थपिए , कुल सङ्क्रमित १६ हजार ६४९ पुग्यो

काठमाडौं, २६ असार ।नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज १ सय २० जना डिस्चार्ज भएका छन् ।काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएको छ ।कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।