

-मुकुन्द अर्याल
काठमाडौं, २६ असार । श्री राधा माधव समिति नेपाल अन्तर्गतका सत्संग केन्द्र तथा भातृ संगठनहरुद्वारा यस वर्षको गुरुपूर्णिमा महोत्सव हरिगुरु प्रित्यर्थ गौसेवा, कोभिड १९ राहत सेवा, वृक्षारोपण सरसफाइ लगायतका कार्यक्रमहरु सामाजिक दूरी सहित आयोजना गरि त्रिदिवसीय रुपमा मनाइयो ।

यसै सिलसिलामा असार २१ श्री राधा माधव समिति नेपाल अन्तर्गत श्यामा श्याम सत्संग पोखरा, विद्वत समाज पोखरा एवं डिभाइन युथ क्लब नेपाल, कास्कीद्वारा पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गतका विपन्न, सुत्केरी तथा गर्भवती महिलाहरुकालागि आवश्यक खाद्य सामग्री प्रदान गरियो ।यसैगरी श्री राधा माधव समिति नेपाल अन्तर्गत दमक, झापा सत्संग केन्द्रद्वारा गुरुपूर्णिमा पावन पर्वको उपलक्ष्यमा गौ सेवा कार्यक्रमको आयोजना गरी सताक्षी धाम,झापास्थित अनाजलगायतका आवश्यक वस्तुहरु प्रदान गरियो ।

सोही पावन अवसरमा डिभाइन युथ क्लब नेपाल वालिङ्, स्याङ्जा र श्री राधा माधव समिति नेपाल वालिङ्, स्याङ्जा केन्द्रद्वारा पनि संयुक्तरूपमा गौ सेवा कार्यक्रमको आयोजना गरी वालिङ नगरपालिका वडा नं. ९ सुर्कौदिस्थित सामुहिक गौशालालाई आवश्यक अनाज तथा अन्य आवश्यक सामग्री प्रदान गरियो । साथै गौ सेवकहरुलाई पनि आवश्यक वस्त्र प्रदान गरिएको थियो ।
यसैगरी डिभाइन युथ क्लब नेपाल, विर्तामोड, झापा तथा श्री राधा माधव समिति नेपाल, विर्तामोड, झापा केन्द्रद्वारा सोही पावन पर्वको उपलक्ष्यमा आÇनै सत्संग हलमा उचित सामाजिक दुरी कायम गर्दै सम्यूक्तरूपमा रक्तदान कार्यक्रम सम्पन्न गरियो ।
गुरुपूर्णिमा पावन पर्व कै शुभउपलक्ष्यमा डिभाइन युथ क्लब नेपालद्वारा मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ भक्तपुरको प्रस्तावित ग्रिनरी पार्क, कमेरोटारमा बृक्षा रोपण कार्यक्रम सम्पन्न गरिएको थियो । मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
यसैगरी गुरुपूर्णिमा पावन पर्वको शुभअवसरमा डिभाइन क्लब, वल्र्डवाइड यूएसएद्वारा अनलाइन साधना कार्यक्रमको आयोजना गर्नुकासाथै युथ भोलेन्टियर्सको सक्रिय सहभागितामा सहयोगापेक्षीहरुकालागि लीजवर्ग, भर्जिनियास्थित लाउडाउन हड्डर रिलिफलाई आवश्यक खाद्य पदार्थ प्रदान गरियो ।यसैगरी गत असार २२ गते श्री राधा माधव समिति नेपाल गुल्मी सत्संग केन्द्र एवं डिभाइन युथ क्लब नेपाल गुल्मीद्वारा गुरुपूर्णिमा पर्वको अवसरमा अति विपन्न वर्गहरुकालागि सहयोग सामग्री वितरण गरियो ।
त्यस्तै गुरुपूर्णिमा पावन पर्वको अवसरमा श्री राधा माधव समिति नेपाल, कावासोति डिभाइन युथ क्लब नेपाल, कावसोतीद्वारा कावासोती नगरपालिका शिवमन्दिर, नवलपरासीस्थित क्वारेन्टाइन होममा बसेकाहरुको शारीरिक स्वास्थ्य सरसफाईकालागि अत्यावश्यक हृयाण्ड स्यानीटाइजर, साबुन, मास्क, पिउने पानीआदि सामग्री प्रदान गरियो ।
यसैगरी डिभाइन युथ क्लब नेपाल, जाजरकोटद्वारा गुरुपूर्णिमा पावन पर्वको उपलक्ष्यमा कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको स्वास्थ्य सेवा कार्यालय परिसरको सरसफाई गरिएको थियो ।
स्मरण रहोस् जीवलाई मायारुपी अन्धकारबाट दिव्यानन्द प्राप्ती तर्फ, असत्यबाट सत्यतर्फ, र मृत्युबाट अमृत तत्वतर्फ डो¥याउन समर्थ महापुरुषलाई नै वास्तवमा सद्गुरु भनेर सम्बोधन गरिन्छ । उनै अकारण करुण सद्गुरु भगवान् प्रति श्रद्धा, विश्वास एवं आभार प्रकट गर्ने दिन हो गुरुर्पूिणमा ।