८४ वर्षपछिको संयोग होलीको पर्वसँगै यी ७ राशिको चम्किँदैछ भाग्य

८४ वर्षपछिको संयोग होलीको पर्वसँगै यी ७ राशिको चम्किँदैछ भाग्य

८४ वर्षपछिको संयोग यस वर्षको होलीको पर्वसँगै यी ७ राशिको भाग्यमा बदलाव आउनेछ। ज्योतिषाचार्यका अनुसार यो वर्ष होलीमा शनि ग्रहको दुर्लभ संयोग बनेको छ । होलीको दिन शनि धनु राशिमा हुनेछ । यो संयोग धेरै समयपछि बनिरहेको छ ।यो भन्दा पहिला यो संयोग १९९० मा बनेको बताइएको छ । यस संयोगले कयौँ राशिका मानिसहरुलाई आउने समयमा लाभ दिलाउने छ । खासगरी यी ७ राशिका व्यक्तिहरुको लागि यसले शुभदिनको संकेत गरेको छ ।

यी हुन् ७ राशिकुम्भ कुम्भ राशिमा सूर्य, बुध र शुक्रको गोचर रहेको छ भने चन्द्रमाको पनि दृष्टि रहनेछ । यसबाट बाधा चिन्ता हट्नेछ । शनिवार पीपलको नजिक घ्यू हालेको दियो बाल्नाले शुभफल प्राप्त हुनेछ । मेष यस राशिका मानिसहरुको सोचमा ठूलो परिवर्तन देखिनेछ । लक्ष्यमा ध्यान केन्द्रित गर्नाले लाभ हुनेछ । यस राशिका व्यक्तिको जीवनमा खुशीयाली बढ्नेछ । गणेश भगवानलाई मिश्रीको प्रसाद चढाउनाले लाभ मिल्नेछ । मिथुन मिथुन राशि भएकाहरुलाई प्रसन्नता बढ्नछ भने धन प्राप्तिको संयोग बनिरहेको छ । साथै कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ । शिवलिंगमा दुध चढाउनाले शुभफल प्राप्त हुनेछ । कन्याकन्या राशि भएकाहरुलाई परिवारमा सहयोग मिल्नेछ । यात्राको योग पनि बनिरहेको छ । धार्मिक कार्यमा सहभागी बन्ने योग रहेको छ । शिव पार्वतीको पूजा गर्नाले शुभफल मिल्नेछ । वृष वृष राशि भएकाहरुलाई आर्थिक लाभको संयोग बनिरहेको छ । परिवारमा खुसियाली आगमन हुनेछ भने अचानक कुनै ठूलो काममा सफलता मिल्न सक्छ । वृश्चिक वृश्चिक राशि भएकाहरुको भाग्योदय हुनेछ । होलीपछि बाधा समाप्त हुनेछ र विरोधि पनि पराजित हुनेछन् । आम्दानीको सा्रेत राम्रो रहनेछ र निराशाको समाप्ति हुनेछ । गाईलाई हरियो दुबो ख्वाउनाले शुभफल मिल्नेछ । धनु धनु राशि भएकाहरुको आम्दानीमा निरन्तरता आउनेछ । काम समयमा नै पूरा हुनेछ भने सहयोग पनि पाइनेछ । केही दिनपछि सबै चिन्ता टाढा हुनेछन् । हनुमानलाई सिंदूर र तेल चढाएमा शुभफल प्राप्त हुनेछ ।  from abcnepal.tv