

काठमाडौँ, २५ असार।नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । पछिल्लो एक हप्तायता दैनिका काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने सङ्ख्या तीन सयभन्दा बढेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय ९६ जना, प्रदेश दुईमा दुई हजार २४ जना, वाग्मती प्रदेशमा चार सय २९ जना, गण्डकी प्रदेशमा आठ सय ६२ जना, प्रदेश ५ मा एक हजार सात सय २७ जना, कर्णाली प्रदेशमा चार सय पाँच जना र सुदूरपश्चिम प्रदेशमा दुई हजार नाै सय ६२ जना कोरोना सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ३९ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै क्वरेण्टीनमा रहनेकाे सङ्ख्या २४ हजार चार सय २५ र आइसाेलेशनमा रहनेकाे सङ्ख्या आठ हजार ६ सय सात रहेकाे छ ।