चार जिल्ला कोरोनामुक्त,सङ्क्रमितको संख्या १६ हजार १६८ पुग्यो

चार जिल्ला कोरोनामुक्त,सङ्क्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ, २३ असार ।पछिल्लो २४ घण्टामा मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११/११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ/आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ÷छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच’पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन\तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई\दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक\एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्ला कोरोना कोरोनामुक्त भएको बताए । उनका अनुसार सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।