काठमाडौं,२३ असार । नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने लगायतका निैर्णय गर्न मन्त्रिपरिषदकाे बैठक बस्दै छ ।
वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।
अपरान्ह ४ बजेपछि बस्ने बैठकले एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मध्ये एक जनालाइ छनाेट गर्नेछ ।दुवै एआईजीले छुट्टै आफनाे पहिचान समेत बनाएका छन् ।संगठनमा इमान्दार अधिकृतका रुपमा छवि बनाएका थापा र कमाण्ड कन्ट्रोलका कारण परिचित पालले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ भने सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखेकाेछ ।