महेन्द्रले प्रतिनिधि सभाको र ताराले राष्ट्रिय सभाको बैठककाे अध्यक्षता गर्ने

महेन्द्रले प्रतिनिधि सभाको र ताराले राष्ट्रिय सभाको बैठककाे अध्यक्षता गर्ने

काठमाडौँ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो बैठकको सञ्चालन गर्न ज्येष्ठ सदस्यको टुङ्गो लागेको छ। बैठकको अध्यक्षता गर्ने व्यक्ति निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले सञ्चालन गर्ने प्रावधान छ।

संसद सचिवालयका अनुसार फागुन २१ गते बस्ने बैठकको सञ्चालन प्रतिनिधि सभाको राजपाका सांसद महेन्द्र राय यादवले र राष्ट्रिय सभा बैठकको सञ्चालन नेपाली कांग्रेसकी तारादेवी भट्टले गर्ने भएकी छिन्।

यादव र भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा फागुन २० गते आइतबार बिहान १० बजे शपथ गराउने छिन्।

संसद भवनमा यादवले प्रतिनिधि सभा सदस्यहरुलाई अपराह्न ४ बजे र भट्टले राष्ट्रिय सभा सदस्‍यहरुलाई अपराह्न ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।