ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

ओली र प्रचण्डबीच बालुवाटारमा  छलफल सुरु

काठमाडौँ, २१ असार । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।दुई अध्यक्षबीच हिजो हुने भनिएको छलफल हुन सकेको थिएन ।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको छ । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।