ओलीसँग छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

  • 21
    Shares
ओलीसँग छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ, १९असार । पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो । आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । हिजोको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभयो ।

पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् ।