गण्डकीका चार जिल्लामा थपिए २५ संक्रमित, ९ जना डिस्चार्ज

गण्डकीका चार जिल्लामा थपिए २५ संक्रमित, ९ जना डिस्चार्ज

काठमाडौँ, १२ असार । गण्डकी प्रदेशमा थप २५ जनमा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ९२ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माद्वारा जारी बिज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङक्रमित हुनेहरुमा तनहुँमा दुई जना, स्याङ्जामा एक जना, बाग्लुङमा एक जना र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा सबैभन्दा धेरै २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को कावासोती नगरपालिकामा २४, २४, ३०, ३३, ३०, ३५, २२, १८ २९ ५८, ३५, १८ बर्षका पुरुष र ३७, २५ बर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कै गैडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२५२,२५ बर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी तनहुको व्यास नगरपालिकाका ४९ र ३० बर्षीय पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २८ बर्षीय पुरुष र बाग्लुङ जिल्लाको बर्रेङ गाउँपालिकाका २३ बर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिनुभयो ।