-मुकुन्द अर्याल-
काठमाडौं, ११ असार । श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लव नेपालद्वारा छैठौ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर योग वेविनारको आयोजना गरियो । कोभिड १९ को विषम परिस्थतिको कारण घरमै परिवारका साथ योग भन्ने अन्तराष्ट्रिय योग दिवसको नारालाई पछ्याउंदै क्लवद्वारा आयोजित उक्त कार्यक्रममा योगको परिचय सहित योगाभ्यास गराईएको थियो ।
नेपालको राष्ट्रिय गानबाट आरम्भ गरिएको उक्त कार्यक्रममा नेपाल लगायत विभिन्न देशमा रहेका डिभाईन युथ क्लव नेपालका सदस्यहरुको सहभागिता थियो । यसैगरि डिभाईन क्लव वल्र्डवाईड अमेरिका यूथ भोलेन्टियर्सद्वारा मिनेसोटा ,भर्जिनिया,कोलोराडो र टेक्सास राज्यका युथ भोलेन्टियर्सको सहभागितामा योगसम्वन्धी वेविनार आयोजना गरियो ।
स्मरण रहोस् डिभाईन युथ क्लव नेपालले युवाहरुको शारीििरक मानसिक आत्मिक स्वास्थ्य सवल बनाउन जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक तथा नेपालका राष्ट्रिय सन्त आदरणीय स्वामी श्री हरिदासजीको प्रेरणा तथा श्री राधा माधव नेपालका अध्यक्ष संगीता दिदीको मार्गनिर्देशनमा युवाहरुलाई विभिन्न स्थानमा प्राणायाम,योगाभ्यास र ध्यानयुक्त साधनाको अभ्यास गराउंदै आएको छ ।
यसैवीच श्री राधा माधव समिति नेपाल सत्संग केन्द्र लुहामद्वारा कोभिड १९ रोकथाममा सघाउ पु¥याउन जनचेतना अभिवृध्दि हेतु त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष छवि शर्मालाई सरसफाई सामाग्रि हस्तान्तरण गरिनुका साथै स्थानीय राहत कोषमा योगदानस्वरुप सोही गाँउपालिकाका अध्यक्ष मान बहादुर डांगीलाई रु १० हजार हस्तान्तरण गरियो ।