कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड ; नो भीड, नो कोभिड

कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड ; नो भीड, नो कोभिड

– डा. रवीन्द्र पाण्डे-

१. कोरोना लाग्दैमा मृत्यु हुँदैन | ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | १० % लाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ | ५ % लाई सघन उपचारको आवश्यक हुनसक्छ | २.५ % निको भएर घर फर्किन्छन | बाँकी २.५ % लाई जोखिम हुनसक्छ |

२. उमेर र दीर्घरोग मात्र जोखिम बढाउने अवस्था हैनन् | दीर्घ मुटु, फोक्सो तथा किड्नीको रोग, औषधिबाट नियन्त्रण नभएका मधुमेह, उच्च रक्तचाप, दम तथा अटो इम्युन डिजिज भएका र उमेर बढी भएका व्यक्ति घरभित्र पनि आइसोलेसनमा बसेमा संक्रमण नहुन सक्छ |

३. अहिलेसम्म कोभिड निको गर्ने स्पेसिफिक औषधि बजारमा आएको छैन | १०० % ठिक हुन्छ भन्ने रामदेवको भनाइ गलत छ | सानो स्यापल साइजमा तथा युवा उमेरका संक्रमितमा गरिएको क्लिनिकल ट्रयालको रिपोर्टको कुनै अर्थ छैन | ० % मृत्युदर तथा ३ दिनमै ६९ % कोरोना फ्री भएको भन्ने कुरा गलत छ | पतंजलीको औषधिमा मिसिएको गुर्जो, अश्वगन्धा तथा तुलसी नेपालमा जहाँपनि पाइन्छ | यसले भाइरसलाई नष्ट गर्दैन | पतंजली व्यापारिक संस्था हो | उसका धेरै उत्पादन पछिल्लो समयमा गुणस्तरहीन छन् | हामीले कोरोनिल ट्याब्लेटले कोभिड निको हुन्छ भन्ने भ्रममा नपरौं | त्यस्तै कोभिड निको गर्छु भन्दै कसैले दावी गर्छ भने प्रमाणित नभएसम्म त्यस्ता कुरा विश्वास नगरौं | आफ्नै देशमा भएका जडिबुटी सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउँ |

४. कोभिड बिरुद्धको खोप १ महिनापछि तेस्रो फेजमा पुग्ने अमेरिकी बैज्ञानिक एन्थोनी फाउचीले बताएका छन् | यो २०२० भित्र खोप आउने विश्वास गरिएको छ | खोप नै यसको भरपर्दो समाधान हो |

५. तरकारी, फलफुल, खानेकुरा, पैसा आदिबाट सामान्य सतर्कता अपनाए कोरोना संक्रमण सर्दैन | यो रोग सर्न नदिनको लागि बन्द कोठामा संक्रमितसंग लामो समय कुरा नगर्ने, कार्यस्थलमा झ्यालढोका खोल्ने, भीडभाडमा नजाने, तथा आत्मबल बलियो बनाउने नै हो |

६. इम्युनिटी पावर बढाउन पोषिलो खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने, घाम ताप्ने, सकारात्मक सोंचको बिकास गर्ने, चिन्ता नलिने, योग / ध्यान गर्ने गर्नुपर्दछ |

७. डिजिटल डिस्टेंस कायम गर्ने / मेडियाको ब्रत लिने | आधिकारिक सूचना र विज्ञको सल्लाह सुन्ने बानी गर्ने | दिमागबाट कोरोना हटाउने | शारीरिक कोरोनाभन्दा मानसिक कोरोना धेरै घातक हुन्छ | शंका र अनाबश्यक जिज्ञासा पाल्नु हुँदैन |

८. ब्यबसायीले घाटा न्यूनीकरण गर्न बैकल्पिक पेशा अपनाउने | महँगो भाडा, ऋण तथा बिबिध खर्चलाई कटाएर तनाबमुक्त हुने | रोजगारी गुमेका व्यक्तिले कृषिमा आफ्नो भविष्य हेर्ने |

९. लाखजना संक्रमित भएपनि तपाइँ संक्रमित नभएसम्म तनाब लिनुको अर्थ छैन | तपाइंलाई संक्रमण भएपनि २-३ हप्तामा निको हुन्छ | आफ्नो आन्तरिक क्षमतामा जहिले पनि विश्वास गर्नुपर्दछ |

१०. हामीले केहि बर्ष कोरोना भाइरससंगै बाँच्नु पर्ने हुनसक्छ | तसर्थ सरसफाई लगायत सुरक्षाबिधि अपनाएर आफ्नो काम गर्नु बुद्धिमानी हुन्छ | सहि तरिकाले नाक, मुख छोप्ने गरि मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी जहाँ भएपनि कायम गर्ने र हात धोइरहने गर्दा यो रोग सर्दैन |