प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता ललितपुरमा हुने

प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता ललितपुरमा हुने

काठमाडौं । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाको आयोजनामा आगामी फाल्गुन २४ र २५ गते ललितपुरमा प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता हुने भएको छ ।

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाले प्रतियोगिताको तयारी पुरा भएको भन्दै १० टोली सहभागी हुने जनाएको हो ।  प्रतियोगीतामा समूह बिजेता तर्फ बिजयी हुने पुरुष तथा महिला टिमलाई २०–२० हजार नगद , शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै दोश्रो हुने टिमलाई १५ हजार तथा तृतिय हुने टिमलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तैबेष्ट फाइटर महिला तथा पुरुष खेलाडीलाइ ५–५ हजार र पुम्सेतर्फ उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई ५–५ हजार प्रदान गरिने एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखा अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । प्रतियोगीतामा एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो समूह ए र समूह वी , इसिडिसी , द नाम्स तथा  माईति नेपालको सहभागीता रहने छ भने मनमैजु तेक्वाण्डो डोजाङ , यति तेक्वाण्डो , ओम तेक्वाण्डो , होलि गार्डेन भक्तपुर र यु जावलाखेल तेक्वाण्डोबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । सबै प्रतियोगीता ललितपुरको भैसिपाटी स्थीत गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा हुन आयोजकले जानकारी दिएको छ ।