आज २०७७ आषाढ ७ गते आइतबार हेर्नुहोस् तपाईंको राशिफल

आज २०७७ आषाढ ७ गते आइतबार हेर्नुहोस् तपाईंको राशिफल

सबिता आचार्य

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको २१ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मायाप्रेम तथा पतीपत्नी विच केही विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायबाट न्युन आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउँदा राम्रो हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउँनेछ हुदा मानशिक तनाव बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

तपाईँ दिन शुभ रहोस् ।