प्रियंकाको जन्मदिन, पहिलो रोजाइमा परेनन् आयुष्मान किन ?

प्रियंकाको जन्मदिन, पहिलो रोजाइमा परेनन् आयुष्मान किन ?

अभिनेत्री प्रियंका कार्कीले मंगलबार आफ्नो जन्मदिन मनाएकी छिन् । विकिपिडियाका अनुसार ३१ बर्ष पुरा गरेकी प्रियंकाको जन्मदिनको छेकोमा उनिसँग जोडिएका फिल्म तथा अन्य क्षेत्रले आफ्नो आफ्नो तर्फबाट जन्मदिन सेलिब्रेसन गरिरहेका छन् । प्रियंकाको बर्थडे जोडिएको पारिवारिक बाहेकको बाहिरी माहोल मिडियामा पनि कैद भइरहेको छ ।

यो बीचमा मंगलबार बिहानै प्रदर्शनको छेकोमा रहेको फिल्म ‘शत्रु गते’ टिमले उनको बर्थडे सेलिब्रेसन विशेष कार्यक्रम आयोजना गर्यो । जहाँ फिल्म युनिटसँगै प्रियंकाका घोषित प्रेमी आयुष्मान देशराज जोशी पनि उपस्थित थिए । तर जन्मदिन मनाउँदै गर्दा प्रियंकाको पहिलो रोजाईमा भने आयुष्मान परेनन् !

केक काट्ने कार्यक्रम बन्यो, तयारी अनुसार अघि बढ्दै प्रियंकाले केक काटिन् । नेपालमा मात्र नभएर अनि फिल्म क्षेत्रबाट बाहिर निस्किँदै गर्दा पनि घोषित प्रेम जोडी एक साथमा छ भने एक अर्काको जन्मदिनमा केक काट्दा पहिलो प्राथमिकतामा आफु-आफु नै पर्छन्, एकले अर्कोलाई चुम्छन्, केक खुवाउँछन् । तर प्रियंकाको जन्मदिनको संभवतः पहिलो केक काटिँदै गर्दा दृश्य फरक देखियो ।

प्रियंकाले केक काटिन्, सँगै रहेका आयुष्मान छोडेर पहिलो नम्बरमा अभिनेत्री दिपाश्री निरौंलालाई केक खुवाइन्, त्यसपछि ‘शत्रुगते’ निर्देशक प्रदिप भट्टराईले पालो पाए । यति हुँदै गर्दा दृश्य कैद गरिरहेका सञ्चारकर्मीहरुले पनि आयुष्मानलाई ‘क्लोज’ जान आग्रह गरिरहेका थिए । तर यो कुरा सुनेर नसुनेर प्रियंकाले किरण केसीसँगै एकाथ उपस्थित रहनु भएका बुबा आमालाई केक खुवाईन् त्यसपछि मात्रै आयुषको पालो आयो । प्रियंकाले खुवाउनु पुर्व नै आयुषले केक खुवाए । अनि एक अर्काले अंकलमाल गरे ।

जन्मदिनको छेकोमा प्रियंका र आयुष्मानको बिहेको चर्चा पनि चल्यो । उपयुक्त समयमा उनिहरुले घरजम गर्ने घोषणा पनि गरे । सँगै देखिएका फिल्मकर्मीले उनिहरुलाई शुभकामना दिए ।