पूर्वाञ्चल क्याम्पस कर्मचारी इकाइ समितिद्वारा बीमा कार्यक्रम लागु

पूर्वाञ्चल क्याम्पस कर्मचारी इकाइ समितिद्वारा बीमा कार्यक्रम लागु

काठमाडौं, १ असार । त्रित्रिवि कर्मचारी संघ, इकाइ समिति पूूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड- १९ बीमा गराएको छ । कोरोना भाइरस (कोभिड- १९)को महामारीबाट मुलुक आक्रान्त बनिरहेको अवस्थामा त्रिभुवन विश्वविध्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पूूर्वाञ्चल क्याम्पस धरानअन्तर्गतको त्रित्रिवि कर्मचारी संघ, इकाइ समितिले आफ्ना कर्मचारीको सुरक्षाका लागि सो बीमा गराइएको संघका सभापति भद्रबहादुर तामाङले जानकारी दिए ।

क्याम्पसका कार्यरत स्थायी, करार, दैनिक ज्यालादारी, सवारीचालक, कार्यालय सहयोगी र सुरक्षा गार्डलगायतका कर्मचारी गरी ७३ जनाको बीमा गरिएको हो । क्याम्पसमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेवमोजिमको १ लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्तिवापत उपलब्ध गराइने सभापति तामाङले जानकारी दिए ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, धरान शाखासँग सम्झौता गरी ल्याइएको बीमा कार्यक्रमबाट असार १ गतेदेखि कार्यालय खुल्ला हुने भएकाले भोलिका दिनमा जोखिम बढ्नसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै अगाडि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सामान्य आर्थिक अवस्थाका कर्मचारीलाई विभिन्न सावधानीका विधि अवलम्बन गर्दैगर्दा पनि कुनै भबितब्य भइ आउने जोखिममा तिनीहरुको पारिवारलाई थोरै भएपनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले बीमा गरिएको हो ।

पछिल्लोसमय कोरोना भाइरसको महामारीबाट मुलुक आक्रान्त भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुले बीमा कार्यक्रम ल्याइरहेका छन् ।