‘लकडाउन’ खुकुलो भएपछिकाे चरणमा सरकारले सुधार्नुपर्ने २ निर्णय

‘लकडाउन’ खुकुलो भएपछिकाे चरणमा सरकारले सुधार्नुपर्ने २ निर्णय

रविन्द्र पाण्डे

लकडाउन खुकुलो गर्ने यो चरणमा सरकारले यी २ वटा निर्णय सुधार गर्दा बढी ब्यबहारिक हुन्छ ।

१. मोटरसाइकल वा स्कुटरमा २ जना हिड्न पाउने ब्यबस्था : आफ्नो काम, ब्यापार, ब्यबहारलाइ सजिलो गराउनको लागि श्रीमान / श्रीमती, दिदीबहिनी, दाजुभाइ तथा अन्य व्यक्तिलाई जाने अनुमति दिनुपर्दछ । पसल एक्लै चल्दैनन् । एउटा परिवारमा २ वटा साधन प्राय : हुँदैनन् ।

२. विदेश र नेपालका सपिंग मल फरक छन् । डिपार्टमेन्टल स्टोर खुल्न दिने तर सपिंग मल खोल्न नदिने अन्यायपूर्ण हुन्छ । सपिंग मलमा व्यक्तिगत दुरी कायम गर्न सजिलो छ । भेन्टिलेसन, व्यक्तिगत दुरी, अनिबार्य मास्क / चस्मा/ पंजाको प्रयोग, स्यानिटाइजर तथा साबुनपानीको ब्यबस्था गरेर खोल्नु उपयुक्त हुन्छ । अहिले सपिंग मलमा भीडभाड यसै पनि हुँदैन ।


सरकारले लागु गरेका निर्णय दुवैतर्फबाट पालना गर्नु सरकार र नागरिकको दायित्व हो ।