सरकार विरुद्ध युवाहरुको देशव्यापी प्रदर्शन (फोटो)

सरकार विरुद्ध युवाहरुको देशव्यापी प्रदर्शन (फोटो)

काठमाडौं, ३० जेठ । सरकार विरुद्ध युवाहरु देशव्यापी प्रदर्शन गरेका छन् । काठमाडौ भक्तपुर लगायत देशका बिभिन्न स्थानमा बिहान १० बजेदेखि करीब दुई घण्टासम्म विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो ।

शान्तपूर्वक प्रदर्शनमा उत्रिएका युवाहरुले आरडीटी परीक्षण रोक्नुपर्ने, कोरोना नियन्त्रण र उपचारमा भएको खर्च पारदर्शी बनाउनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायत माग गर्दै ¥याली निकालेका थिए । कोरोनाभाइरस महामारीले देश आक्रान्त भइरहेको वेला जनताको माग सुनुवाइको लागि दबाब दिन र न्यायको सुनिश्चितता गर्न प्रदर्शन गरेको भन्दै यसलाई भक्तपुरका युवाले सत्याग्रह कार्यक्रमको नाम दिएका छन् ।